Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामनामा एमालेको घरदैलो, जलाउन हैन बनाउन एमालेलाई भोट दिनुस् : उम्मेद्वार घिमिरे

इच्छाकामनामा एमालेको घरदैलो, जलाउन हैन बनाउन एमालेलाई भोट दिनुस् : उम्मेद्वार घिमिरे

इच्छाकामना न्युज

११, फाल्गुण २०८२
इच्छाकामनामा एमालेको घरदैलो, जलाउन हैन बनाउन एमालेलाई भोट दिनुस् : उम्मेद्वार घिमिरे

मुग्लिन । निर्वाचन नजिकिएसँगै उम्मेद्वारहरुले प्रचारप्रसारलाई तीव्रता दिएको छ । त्यस अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानहरुमा नेकपा एमालेले उम्मेद्वार सहित घरदैलो गरेको छ । 

images

IMG_20260223_131607.jpg

एमालेले सोमबार धादिङ र चितवनको सिमाना मौवाखोलादेखि फिस्लिङ, कुरिनटार, केवलकार हुदै मुग्लिन बजारसम्म घरदैलो गरेको छ । घरदैलोको क्रममा एमाले उम्मेद्वार अश्मिन घिमिरेलाई स्थानीहरुले जितको शुभकामना दिए । 

IMG_20260223_130650.jpg

प्रचारप्रसारको अन्त्यमा मुग्लिन बजारमा आयोजना गरिएको कोणसभालाई सम्बोन्धन गर्दै एमाले उम्मेद्वार अश्मिन घिमिरेले इच्छाकामना जलाउन आउनेलाई हैन बनाउन आउनेलाई भोट दिनुपर्ने बताउदै इच्छाकामना बनाउने काम एमालेले मात्र गर्ने र गर्न सक्ने भएकोले यसपटकको प्रतिनिधि सभा निर्वाचनमा एमालेलाई नै मत दिन आग्रह गरे ।

IMG_20260223_150704.jpg

यस्तै पूर्व सांसद कृष्णभक्त पोखरेलले पनि कोणसभालाई सम्बोन्धन गर्दै इच्छकामनाको समृद्धि र विकासका निम्ति एमालेले पहलकदमी गरेको बताए ।

IMG_20260223_131418.jpg

 

images
प्रकाशित मिति :फाल्गुण ११, २०८२ सोमवार - १८:१२:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology