Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण लाग्दै

एजेन्सी

१९, फाल्गुण २०८२
आज दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज (मंगलबार) साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। साँझ ६: ४ बजे चन्द्रमा उदाउँदा ग्रहणसहित उदाउने खगोलविद्हरुले बताएका छन् । यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने खगोलविद् बताउँछन् । यो ग्रहण विशेष किसिमको रहने उनीहरुको भनाई छ।

images

मंगलबार साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउँने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको हो । काठमाडौँमा साँझ ६: ४ बजे ग्रहणसहित चन्द्रमा उदाउँने छ । यो खगोलीय घटना काठमाडौँबाट करिब एक घण्टासम्म स्पष्ट रूपमा देख्न सकिने छ । 

चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता नपर्ने खगोलविद्ले बताएका छन् । सूर्यग्रहण जस्तो चन्द्र ग्रहणबाट आँखालाई असर नगर्ने हुनाले नाङ्गो आँखाले खुला ठाउँबाट चन्द्रग्रहण हेर्न सकिने छ । यसअघि गएको भदौ २२ गते राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको थियो । यो चन्द्रग्रहण काठमाडौँबाट साढे तीनघण्टा देखिएको थियो । सूर्यग्रहण भने नेपालबाट अब २०८४ मात्रै देखिने खगोलविद्‍ले बताएका छन् । 

कसरी लाग्छ सूर्य र चन्द्रग्रहण ?

सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ। चन्द्रमा, पृथ्वी र सूर्य एउटै सरल रेखामा हुँदा चन्द्र र सूर्य ग्रहण लाग्ने गर्छ। जब पृथ्वीको छायाँमा चन्द्रमा पर्छ, तब हामी चन्द्रग्रहण लागेको देख्छौँ। त्यसैगरी चन्द्रमाको छायाँ जब पृथ्वीमा पर्छ, तब सूर्यग्रहण लागेको देखिन्छ । चन्द्रग्रहण लाग्दा सम्पूर्ण पृथ्वीवासीले एकैपटक चन्द्रमालाई देख्न सक्छन् ।

तर, सूर्यग्रहणमा भने पृथ्वीका केही मानिसले मात्र ग्रहणको अनुभव गर्छन्। धेरै मानिसले ग्रहण लागेको देख्न नै पाउँदैनन् ।  वैज्ञानिकहरूका अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर गर्दैन । तर, सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । 

images
प्रकाशित मिति :फाल्गुण १९, २०८२ मंगलवार - ०९:३२:४७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology