Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इरानका नयाँ सर्वोच्च नेतामा सयद मोज्तबा खामेनेई नियुक्त, देशभर उत्सव

इरानका नयाँ सर्वोच्च नेतामा सयद मोज्तबा खामेनेई नियुक्त, देशभर उत्सव

images

एजेन्सी

२५, फाल्गुण २०८२
इरानका नयाँ सर्वोच्च नेतामा सयद मोज्तबा खामेनेई नियुक्त, देशभर उत्सव
images

इरानको सर्वोच्च धार्मिक तथा राजनीतिक पदमा सय्द मोज्तबा खामेनेई नियुक्त भएपछि देशभर उत्सव मनाइएको छ ।सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका दोस्रो छोरा मोज्तबा खामेनेईलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको हो ।

सोमबार उनको नाम घोषणा भएपछि तेहरानसहित विभिन्न शहरमा सयौँ नागरिक सडकमा उत्रिएका थिए । उनीहरूले नयाँ नेतृत्वप्रति समर्थन जनाउँदै उत्सव मनाएका छन् । इरानको एक्सपट्र्स असेंब्ली एसेम्बली अफ एक्सपर्टले संविधानको धारा १०८ अनुसार मोज्तबा खामेनेईलाई इस्लामिक गणतन्त्र इरानको तेस्रो सर्वोच्च नेताका रूपमा नियुक्त गरेको बताइएको छ ।

नयाँ सर्वोच्च नेताको चयनपछि इरानका विभिन्न राजनीतिक तथा सुरक्षा निकायहरूले समर्थन जनाएका छन् । इरानको रिभोल्युसनरी गार्ड कोर आइआरजीसी र सशस्त्र बलको जनरल स्टाफले पनि मोज्तबा खामेनेईको नेतृत्वमा पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले देशलाई नयाँ नेतृत्वको पछाडि एकताबद्ध हुन आह्वान गरेका छन् । उनले मोज्तबा खामेनेईको नेतृत्वमा इरानले विकास र स्थायित्वतर्फ अघि बढ्ने अपेक्षा व्यक्त गरे । इरानी संसदका सभामुखले पनि उनको चयनलाई “देशका लागि शान्तिदायक निर्णय” भएको बताएका छन् ।

नयाँ नेता नियुक्त भएको केही समयमै इरानले इजरायलतर्फ दुई चरणमा मिसाइल प्रहार गरेको प्रेस टिभीले जनाएको छ । जेरुसेलम पोस्टका अनुसार ती मिसाइलका टुक्रा मध्य इजरायलमा खस्दा कम्तीमा एक जना घाइते भएका छन् ।

पश्चिम एसियामा बढ्दो तनावका बीच यी घटनाक्रम भएका हुन् । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि सैन्य आक्रमण गर्दा तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसहित केही वरिष्ठ अधिकारी मारिएका थिए । त्यसपछि इरानले कडा प्रतिकार गर्दै विभिन्न अरब देशतर्फ ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।

युद्ध सुरु भएको नौ दिन पुग्दा मानवीय क्षति पनि तीव्र रूपमा बढिरहेको छ । अल जजिराका अनुसार हालसम्म १ हजार ३ सयभन्दा बढी मानिसको ज्यान गएको छ भने करिब एक लाख मानिस विस्थापित भएका छन् । सुरक्षा संकटका कारण धेरै नागरिक घर छाडेर सुरक्षित स्थानतर्फ पलायन भइरहेका छन् ।

संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले प्रभावित क्षेत्रमा राहत र सहयोगको माग तीव्र रूपमा बढेको जनाएको छ । लगातार बढ्दो द्वन्द्वका कारण क्षेत्रीय सुरक्षा र मानवीय संकट अझ गम्भीर बन्ने चिन्ता व्यक्त गरिएको छ । एएनआई

images
प्रकाशित मिति :फाल्गुण २५, २०८२ सोमवार - १०:५३:३० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology