इरानका राष्ट्रिय सुरक्षा परिषदका प्रमुख अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ । सोमबार इजरायलको हमलमा उनी मारिएको इरान र इजरायल दुवै पक्षले पुष्टि गरेको हो ।
लारिजानी मुलुकको सुरक्षा र रणानीति बनाउने निकाय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए । मंगलबार परिषद्ले विज्ञप्ती जारी गरी लारिजानीको मृत्यु भएको पुष्टि गरेको हो ।
यसअघि इजरायली रक्षामन्त्री इजरायल कात्जले इजरायली आक्रमणबाट लारिजानी मारिएको दाबी गरेका थिए । युद्ध सुरू भए यता इरानमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछि उच्च तहका व्यक्तिको हत्या भएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार सोमबार राति भएको आक्रमणमा लारिजानीसँगै उनका छोरा र उनका सहायक अलीरेजा बायात पनि मारिएका छन् ।