काठमाण्डौ । आज (चैत २३) देखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आजदेखि शैक्षिक संस्थाबाहेक सरकारी कार्यालय तथा सार्वजनिक नियका बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुला रहने भएका हुन् ।
यस्तै आजदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा पनि हुने भएको छ । यद्यपि शैक्षिक संस्थामा भने यो नियम नयाँ शैक्षिक सत्र सुरु हुने दिन वैशाख १५ देखि लागु हुने सरकारले जनाएको छ ।
तर जाडो याम कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम रहने गृह मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।