Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बादलले ढाक्यो पूरै देश, काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

बादलले ढाक्यो पूरै देश, काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

इच्छाकामना न्युज

२५, चैत्र २०८२
बादलले ढाक्यो पूरै देश, काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

हाल (बुधबार बिहान) गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आकाशमा पूर्णतया बादल लागेको छ भने देशका बाँकी स्थानमा पनि साधारणतया बादल लागेको छ। अनि बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

images

महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार, 

दिउँसो : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी स्थानमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थान तथा कोसी र बागमती प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान, मधेस प्रदेशलगायत कोसी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपात हुने सम्भावना छ। 

यस क्रममा आज काठमाडौँ उपत्यका पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना देखिएको मौसम महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। 

 

‘अहिले काठमाडौँ उपत्यकाको आकाश पनि बादलले ढाकिएको छ’, उनले बुधबार बिहान नेपालखबरसँग भने, ‘आज उपत्यकामा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।’ 

राति : देशभर साधारणतया बादल लाग्नेछ। कोसी, मधेस, बागमती प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ।

 

images
प्रकाशित मिति :चैत्र २५, २०८२ बुधवार - १०:२४:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology