Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

खाद्य कम्पनीले २ सय क्विन्टल जुम्ली मार्सि धान किन्ने

खाद्य कम्पनीले २ सय क्विन्टल जुम्ली मार्सि धान किन्ने

पत्रपत्रिका

२८, फाल्गुण २०७७
खाद्य कम्पनीले २ सय क्विन्टल जुम्ली मार्सि धान किन्ने

काठमाडौं, २८ फागुन  । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको २ सय क्वीन्टल मार्सी चामल खरीद गर्ने भएको छ । यसअघि दुई चरणमा मार्सी चामल खरीद गरेर विक्री गरिसकेको कम्पीले यसपटक पुनः उक्त परिमाणको मार्सी चामल खरीद गर्ने तयारी थालेको हो ।

images

स्थानीयस्तरमा उत्पादित खाद्यान्न खरीद गरी त्यसको ब्राण्डिङ तथा प्रवद्र्धनमा कम्पनी लागेको छ । कम्पनीले २ सय क्वीन्टल मार्सी खरीदका लागि फागुन ३ गते सूचना निकालेर ठेक्का आह्वान गरेको छ । ठेक्का परेपछि कर्णाली प्रदेशको सुर्खेतबाट चामल खरीद गरी काठमाडौंमा ल्याएर ‘नेपाल फुड ब्राण्ड’मा प्रतिकिलो २२५ रुपैयाँका दरले विक्री गरिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

यसअघि कम्पनीले पहिलो लटमा २७ सय किलो मार्सी खरीद गरी विक्री गरिसकेको छ भने दोस्रो लटमा २६ सय ३० किलो मार्सी खरीद गरिएकोमा हालसम्म ३०१ किलो विक्री भइसकेको छ । दोस्रो लटको चामल विक्री यही फागुन १५ गतेदेखि शुरू भएको हो ।

कम्पनीले गत माघदेखि पहिलोपटक विक्री शुरू गरेको मार्सी चामलको हाल बजारमा उत्साहजनक र आशलाग्दो व्यापार भइरहेको कम्पनीले बताएको छ । बजारमा राम्रो व्यापार गर्न सफल हुँदै गएकाले भोलिका दिनमा उपत्यका बाहिर पनि यसको विक्री शुरू गर्ने योजना कम्पनीको छ । प्रशान्त खड्काले लेखेको समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - ०८:२१:३१ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology