Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कैलालीमा होटेलमा आगलागी हुँदा एक जनाको मृत्यु

कैलालीमा होटेलमा आगलागी हुँदा एक जनाको मृत्यु

इच्छाकामना न्युज

१२, बैशाख २०८३
कैलालीमा होटेलमा आगलागी हुँदा एक जनाको मृत्यु
images

धनगढी । कैलालीमा मध्यरातमा होटलमा आगलागी हुुँदा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

images
images

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले आगलागीमा परेर होटलमै सुतिरहेका डडेल्धुराको आलिताल गाउँपालिका घर भएका मीनबहादुर बोहराको मृत्यु भएको बताए । उनकाअनुसार राति पौने १ बजेतिर उनी सुतिरहेको कोठामा आगलागी भएपछि जलेर उनको मृत्यु भएको बताए ।

आगो प्रहरीले घोडाघोडी नगरपालिकाको दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीकाअनुसार बोहराले लामखुट्टे भगाउन बालेको अण्डाको क्रेटबाट आगलागी भएको हुनसक्ने देखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ  । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

images
प्रकाशित मिति :बैशाख १२, २०८३ शनिवार - ०८:३९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology