Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु

गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु

एजेन्सी

१२, बैशाख २०८३
गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
images

गाजा, वैेशाख १२ 

images
images

प्यालेस्टिनी क्षेत्रका विभिन्न स्थानमा प्रहरीलाई लक्षित गरी भएको इजरायली आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको गाजाको नागरिक रक्षा एजेन्सीले जनाएको छ ।

अक्टोबरको युद्धविरामको बाबजुद, इजरायली आक्रमण जारी रहँदा गाजाले दैनिक हिंसाको सामना गर्न बाध्य छ भने इजरायली सेना र हमास दुवैले एकअर्कालाई युद्धविराम तोडेको आरोप लगाएका छन् ।
 

खान युनिसको अल–मवासी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा एक बालकसहित आठ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

उत्तरी गाजाको बेत लाहियाको कमल अदवान अस्पताल नजिकैको आवासीय घरमा भएको इजरायली आक्रमणमा आमा र दुई बच्चासहित तीन जनाको मृत्यु भएको जनाइएको छ ।

इजरायली विमानले गाजा सहरको प्रहरी गस्तीमा प्रहार गर्दा दुई जना प्रहरी अधिकारीेको ज्यान लिएको अन्य दुई जना घाइते भएको जनाइएको छ ।

गाजाको अल–सिफा र नासेर अस्पतालले पीडितहरुको नाम प्रकाशित गर्दै मृत्युकको सङ्ख्या पुष्टि गरेको छ । युद्धविराम सुरु भएदेखि कम्तिमा ७९२ जना प्यालेस्टिनीहरुको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै गरी इजरायली सेनाले युद्धविराम सुरु भएदेखि गाजामा पाँच जना सैनिक मारिएको जनाएको छ । एजेन्सी

 
 

images
प्रकाशित मिति :बैशाख १२, २०८३ शनिवार - १२:२७:२५ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology