Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

गोरखा नगरपालिका–११ मा सिंगुसले चिल्दा दश बढी घाइते

गोरखा नगरपालिका–११ मा सिंगुसले चिल्दा दश बढी घाइते

images

एजेन्सी

१३, बैशाख २०८३
गोरखा नगरपालिका–११ मा सिंगुसले चिल्दा दश बढी घाइते
images

गोरखा नगरपालिका–११ रानादी टोलमा सिंगुसले चिल्दा दश जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । दुई दिनको अन्तरालमा दश जनाभन्दा बढीलाई सिंगुसले चिलेको स्थानीयले बताएका छन् । उनीहरुमध्ये केही प्रदेश अस्पताल गोरखामा उपचाररत छन् भने केही उपचार पश्चात घर फर्केका छन् ।

उपचार पश्चात घर फर्केका स्थानीय कुमार अम्गाईका अनुसार उक्त टोलमा अहिले सिंगुस आतंक छ । तेह्रकिलोबाट छेवेटार जाने सडकखण्डमा आउजाउ गर्नेलाई सिंगुसले सामूहीक रुपमा आक्रमण गर्ने गरेको उनले बताए । ‘मेरै घरमा मसहित तीन जनालाई टोक्यो,’ उनले भने, ‘वरपरका छिमेकीसहित यो बाटो हिड्नेहरुलाई पनि टोकेको छ ।’ बिशेष गरी मोटरसाइकलमा आउजाउ गर्नेलाई सिंगुसले आक्रमण गर्ने गरेको उनले सुनाए ।

‘हिजो एक जनाले स्कुटर चढेर आइरहेको बेला यहाँ आएपछि सिंगुसले टोकेर स्कुटर लडाउनुभएछ, के भयो भनेर हेर्न जाँदा हामीलाई पनि टोक्यो,’ अम्गाईले भने । सो बाटो भएर आउजाउ गर्ने जो केहीलाई समूहमा आएर सिंगुसले आक्रमण गर्ने गरेको उनले बताए । सिंगुस आतंकका कारण सो क्षेत्रका स्थानीय त्रसित छन् । घरभित्रै बस्न पनि डरको अवस्था सिर्जना भएको भन्दै उनीहरु चिन्तित छन् । ‘कहाँबाट आयो थाहा छैन, गोलो कता छ त्यो पनि पत्ता लागेको छैन,’ अम्गाईले भने ।

प्रहरीलाई खवर गरेपनि वेवास्ता गरेको उनको गुनासो छ । उक्त समस्याको समाधान गरिदिन उनीहरुले वन कार्यालय एवं प्रशासनलाई आग्रह गरेका छन् ।

images
प्रकाशित मिति :बैशाख १३, २०८३ आइतवार - १६:३१:१२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology