Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

खुशीको कुराः मुग्लिन–नारायणगढ सडक आजदेखि २४ सैं घण्टा खुला

खुशीको कुराः मुग्लिन–नारायणगढ सडक आजदेखि २४ सैं घण्टा खुला

images

इच्छाकामना न्युज

२९, फाल्गुण २०७७
खुशीको कुराः मुग्लिन–नारायणगढ सडक आजदेखि २४ सैं घण्टा खुला
images

मुग्लिन, २९ फागुन । पहिरो रोकथाम कार्यको लागि भन्दै एक हप्ता देखि दैनिक साढे ४ घण्टा बन्द गर्ने गरिएको मुग्लिन–नारायणगढ सडक २४ सैं घण्टा खुल्ला हुने भएको छ। उक्त सडक खण्ड आज दिउँसो ३ बजेदेखि २४ सैं घण्टा खुला भएको हो।

सामाजिक संजाल फेसबुकमा सूचना जारी गर्दै मुग्लिन–नारायणगढ सडक २४ सैं घण्टा खुल्ला हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो। उक्त सडकखण्ड पर्ने चारकिलो डाँडामा पहिरो रोकथामका कार्यहरु गर्नका लागि भन्दै मुग्लिन–नारायणगढ सडक आयोजनाले फागुन २३ गतेदेखि बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म सवारी आवागमन दुईतर्फी बन्द गर्ने गरेको थियो। 

पहिरो रोकथामको काम सकिएसँगै आज ३ बजेपछि राजमार्ग २४ सैं घण्टा खुला गर्न लागेको हो। राजमार्ग खुला भएसँगै ट्राफिक नियमको पूर्ण पालना गरि सुरक्षित रुपमा यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - ०९:४६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology