Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

खोप उत्पादन दोब्बर पार्नु अत्यावश्यक रहेको राष्ट्र संघका महासचिवको भनाई 

खोप उत्पादन दोब्बर पार्नु अत्यावश्यक रहेको राष्ट्र संघका महासचिवको भनाई 

एजेन्सी

२९, फाल्गुण २०७७
खोप उत्पादन दोब्बर पार्नु अत्यावश्यक रहेको राष्ट्र संघका महासचिवको भनाई 
images

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अनावश्यक रुपमा भ्याक्सिन नथुपार्न अनुरोध गर्नुभएको छ । विश्व स्वास्थ्य संगठन डब्लुयूएचओले कोरोनालाई विश्व महामारी घोषणा गरेको एक वर्ष पूरा भएको अवसरमा उहाँले सम्बोधनमा क्रममा कोरोनाविरुद्धको खोप अभियान चलिरहेको अहिलेको समयमा भ्याक्सिनबारे प्रकट भएको विचारले आफ्नो नैतिकता प्रष्टिने बताउनुभयो ।

images
images

संसारका सबै मानिसलाई खोप सुनिश्चित गर्नका लागि विश्व अर्थव्यवस्था बहाल गर्नु पर्ने भएकाले अब समाजलाई लकडाउन नभइ भाइरसलाई लकडाउन गर्नुपर्ने उहाँको भनाइ थियो । गुटेरेस आजका मितिसम्म पनि भ्याक्सिनको एक डोज नपाउने मुलुकलाई लिएर चिन्तित हुनुभएको छ ।  

खोप उत्पादन र त्यसको वितरणका लागि सबै देश एकताबद्ध हुनु जरुरी रहेको पनि उहाँले बताउनुभएको छ ।  अब विश्वभर खोप उत्पादन दोब्बर पार्नु अत्यावश्यक रहेको उहाँको भनाइ छ । कोरोनाले हालसम्म ११ करोड ९६ लाखभन्दा बढी मानिसलाई सङ्क्रमित बनाइसकेको छ। २६ लाख ५३ हजार मानिसको मृत्यु भएको छ । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - १९:२०:१४ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology