Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

images
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”
images

कुरिनटार । चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Agni Incorporated Pvt. Ltd.(!) ले आयोजना गरेको विशेष सार्वजनिककरण समारोह सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मुग्लिङ प्रहरी कार्यालय का प्रहरी निरीक्षक प्रतिक सिंह ले “महेन्द्र म्याक्स पिकअप बोलेरो” गाडीको अनावरण गर्नुभएको थियो।

918b9838-2764-4975-a990-0aef59e02527.jfif

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कुरिनटारस्थित महिन्द्रा सोरुम का शाखा प्रमुख सुरेश जंग रायमाझी का अनुसार “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” अन्य बोलेरो गाडीभन्दा फरक तथा आधुनिक विशेषतायुक्त रहेको छ। उक्त गाडी विशेषगरी व्यवसायिक प्रयोजन, ग्रामीण सडक तथा अफरोड क्षेत्रमा प्रयोगका लागि डिजाइन गरिएको उहाँले जानकारी दिनुभयो। BSVI इन्जिन गाडीले अफरोड क्षेत्रमा समेत राम्रो माइलेन्स दिने साथै ९ फिट ढालाको लम्बाई ,५ .६ इन्चको चौडाई ,२१० mm ग्राउन्ड क्लियरेन्स र रियर पार्किङ सेन्सर भएको समेत भएको बताउनु भयो ।

नयाँ पिकअपमा शक्तिशाली 2523 CC इन्जिन, 2WD BSVi मोडल, आधुनिक डिजाइन तथा आरामदायी क्याबिन रहेको छ। भारी सामान बोक्न उपयुक्त मानिएको यो गाडी आजैदेखि बुकिङका लागि खुला गरिएको शाखा प्रमुख रायमाझीले बताउनुभयो। कम्पनीका अनुसार 1.7 LX 2WD BSVi मोडलको मूल्य रु २९ लाख ९५ हजार निर्धारण गरिएको छ भने 2.0L SXi 2WD BSVi मोडलको मूल्य रु ३२ लाख ९५ हजार रहेको छ। साथै, गाडीको बुकिङसमेत खुला गरिएको कम्पनीले जनाएको छ।

images
प्रकाशित मिति :जेठ ५, २०८३ मंगलवार - १७:१०:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology