Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखाका ११ पालिकामा १३ करोडभन्दा बढी बेरुजु

गोरखाका ११ पालिकामा १३ करोडभन्दा बढी बेरुजु

गोरखाका ११ पालिकामा १३ करोडभन्दा बढी बेरुजु
images

गोरखा । जिल्लाका स्थानीय तहमा बेरुजुको अवस्था उतारचढावपूर्ण देखिएको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार गोरखाका ११ स्थानीय तहमा कुल १३ करोड ६१ लाख १८ हजार बेरुजु देखिएको छ । प्रतिवेदनअनुसार यस वर्ष रकमका आधारमा पालुङटार नगरपालिका सबैभन्दा बढी बेरुजु हुने स्थानीय तह बनेको छ ।

images
images
यस वर्ष पालुङटार नगरपालिकामा ४ करोड १७ लाख ५० हजार बेरुजु देखिएको छ । अघिल्लो वर्ष भने प्रतिशतका आधारमा गोरखा नगरपालिका सबैभन्दा बढी बेरुजु हुने पालिकामध्ये परेको थियो । पालुङटारको अघिल्लो वर्षको बेरुजु १.१३ प्रतिशत रहेको थियो ।

गोरखा नगरपालिकामा यस वर्ष १ करोड २९ लाख ८४ हजार बेरुजु देखिएको छ । अघिल्लो आर्थिक वर्षमा नगरपालिकाको बेरुजु १.५७ प्रतिशत रहेको थियो भने त्यसअघि १.८३ प्रतिशत पुगेको थियो । सिरानचोक गाउँपालिकामा यस वर्ष २ करोड ५६ लाख ७७ हजार बेरुजु देखिएको छ । अघिल्लो वर्ष प्रतिशतका आधारमा सिरानचोकको बेरुजु सबैभन्दा कम अर्थात् ०.३४ प्रतिशत रहेको थियो भने त्यसअघि १.४१ प्रतिशत थियो ।

अजिरकोट गाउँपालिकामा यस वर्ष १ करोड ३८ लाख १३ हजार बेरुजु देखिएको छ । अघिल्लो वर्ष त्यहाँ ०.५४ प्रतिशत बेरुजु थियो भने त्यसअघि ०.६७ प्रतिशत रहेको थियो । गण्डकी गाउँपालिकामा यस वर्ष १ करोड १ लाख ४२ हजार बेरुजु देखिएको छ । अघिल्लो वर्ष १.०२ प्रतिशत रहेको बेरुजु त्यसअघि ०.७१ प्रतिशत थियो ।

आरुघाट गाउँपालिकामा यस वर्ष ८२ लाख ३७ हजार बेरुजु देखिएको छ । अघिल्लो वर्ष ०.६४ प्रतिशत रहेको बेरुजु त्यसअघि ०.८७ प्रतिशत थियो । शहीद लखन गाउँपालिकामा यस वर्ष ६४ लाख १३ हजार बेरुजु देखिएको छ । अघिल्लो वर्ष ०.४० प्रतिशत रहेको बेरुजु त्यसअघि ०.५० प्रतिशत थियो ।

धार्चे गाउँपालिकामा यस वर्ष ५७ लाख २३ हजार बेरुजु देखिएको छ । अघिल्लो वर्ष धार्चेको बेरुजु ०.७९ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७८/७९ मा १.८४ प्रतिशत पुगेको थियो । बारपाक सुलिकोट गाउँपालिकामा यस वर्ष ४४ लाख ५२ हजार बेरुजु देखिएको छ । अघिल्लो वर्ष १.२७ प्रतिशत र त्यसअघि ०.६८ प्रतिशत बेरुजु रहेको थियो ।

भीमसेनथापा गाउँपालिकामा यस वर्ष ४३ लाख ३३ हजार बेरुजु देखिएको छ । अघिल्लो वर्ष १.२२ प्रतिशत रहेको बेरुजु त्यसअघि ०.८३ प्रतिशत थियो । चुमनुब्री गाउँपालिकामा यस वर्ष सबैभन्दा कम २५ लाख ९४ हजार बेरुजु देखिएको छ । अघिल्लो वर्ष चुमनुब्रीको बेरुजु ०.५३ प्रतिशत रहेको थियो भने त्यसअघि १.१३ प्रतिशत थियो ।

महालेखापरीक्षकको प्रतिवेदनले स्थानीय तहमा वित्तीय अनुशासन, कागजी प्रक्रिया, आन्तरिक नियन्त्रण प्रणाली तथा सार्वजनिक खर्च व्यवस्थापनमा अझ सुधार आवश्यक रहेको संकेत गरेको छ । केही पालिकामा बेरुजु घट्दो क्रममा देखिए पनि केही स्थानीय तहमा भने वृद्धि हुनु चुनौतीपूर्ण विषयका रूपमा देखिएको छ ।

images
प्रकाशित मिति :जेठ ६, २०८३ बुधवार - १३:५४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology