Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

रास्वपा भरतपुर महानगर समितिको सभापतिमा ज्ञवाली र उपसभापतिमा श्रेष्ठ निर्वाचित

रास्वपा भरतपुर महानगर समितिको सभापतिमा ज्ञवाली र उपसभापतिमा श्रेष्ठ निर्वाचित

images

इच्छाकामना न्युज

१७, जेठ २०८३
रास्वपा भरतपुर महानगर समितिको सभापतिमा ज्ञवाली र उपसभापतिमा श्रेष्ठ निर्वाचित
images

भरतपुर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समितिको सभापतिमा सिता ज्ञवाली निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न प्रथम महानगर अधिवेशनमा भएको निर्वाचनमा ३३५ मत ल्याएर ज्ञवाली निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सुबास गैरैले २५६ मत प्राप्त गर्नुभयो ।

यस्तै उपसभापतिमा ३६६ मतका साथ दिवाकरराज श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँका निकटम प्रतिस्पर्धी इन्दिरा बरालले २०९ मत प्राप्त गर्नुभयो । सचिव पदमा सुर्यराज अधिकारीको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभयो । सहसचिवमा ४२६ मतका साथ शिवराज सुवेदी निर्वाचित हुनुभयो ।

उहाँका प्रतिस्पर्धी बोधनाथ सुवेदीले १३० मत प्राप्त गर्नुभयो । कोषाध्यक्ष पछि मनोनित हुने व्यवस्था छ ।अधिवेशनबाट पुरुष १० जना, दलित १ जना, महिला ८ जना गरी २३ सदस्सीय नयाँ कार्यसमिति चयन भएको हो । दुई सदस्य पछि मनोनित हुने व्यवस्था छ । अधिवेशनको शनिवार पार्टीका महामन्त्री भुपदेव शाहले उद्घाटन गर्नुभएको थियो ।

 

 
 

images
प्रकाशित मिति :जेठ १७, २०८३ आइतवार - ११:४३:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology