Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

उजुरी परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा अधिवेशन स्थगित

उजुरी परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा अधिवेशन स्थगित

images

रासस

१९, जेठ २०८३
उजुरी परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा अधिवेशन स्थगित
images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र मधेस प्रदेशका विभिन्न स्थानीय तह र वडाहरूमा हुन लागेका पार्टीका निर्वाचन प्रक्रियाहरू तत्कालका लागि स्थगित गरेको छ । 

पार्टीको केन्द्रीय निर्वाचन आयोगको मङ्गलबार बसेको बैठकले विवाद उत्पन्न भई उजुरीहरू प्राप्त भएकाले छानबिनका लागि निर्वाचन हाललाई स्थगित गरिएको हो । आयोगका प्रमुख भुवन केसीद्वारा जारी गरेको पत्रअनुसार बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका चौतारा साँगाचोकगढी नगरपालिका र जिल्ला अन्तर्गतका अन्य विवादित स्थानीय तह तथा वडाहरू छन् । 

मधेस प्रदेशमा सप्तरी र सिराहा जिल्लाका विवादित स्थानीय तह र वडाहरू छन् । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका, एकडारा गाउँपालिका, मतिहानी नगरपालिका, मनरा शिसवा नगरपालिका, पिपरा गाउँपालिका र अन्य विवादित क्षेत्रहरू छन् । 
 
धनुषा जिल्लाका जनकपुर उपमहानगरपालिका, जनकनन्दिनी गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका लगायतका विवादित क्षेत्रहरू रहेका छन् । सर्लाही जिल्लाका हरिपूर्वा नगरपालिकामा स्थगित भएको छ । 
यी स्थानीय तहमा विवाद सुल्झिएपछि मात्र प्रक्रिया अघि बढ्ने भएकाले आयोगले यी क्षेत्रहरूमा निर्वाचनसम्बन्धी कुनै पनि नयाँ प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ । निर्देशन विपरीत कुनै गतिविधि गरिएमा त्यसले आधिकारिक मान्यता नपाउने चेतावनी समेत दिइएको छ ।
 
पार्टीभित्रको निर्वाचनलाई लोकतान्त्रिक, निष्पक्ष र मर्यादित बनाउनका लागि छानबिन नसकिएसम्मका लागि यो कदम चालिएको आयोगका प्रमुख के.सी. ले जानकारी दिए । अन्य क्षेत्रमा भने निर्वाचन प्रक्रिया पूर्ववत् रूपमै सञ्चालन हुने पत्रमा उल्लेख छ।
 

images
प्रकाशित मिति :जेठ १९, २०८३ मंगलवार - १५:५७:०७ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology