काठमाडौं। प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म संसद सञ्चालन हुन नदिने चेतावनी दिएका छन्।
उनले भने,‘प्रधानमन्त्रीले संसदमा आएर नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएको छ। यसमा हाम्रो कडा आपत्ति छ । उहाँले सार्वजनिक रूपमा माफी माग्नुपर्छ, माफी नमागेसम्म हामी संसद चल्न दिँदैनौं।’ त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रश्न उठाउँदै उक्त दाबीको प्रमाण सार्वजनिक गर्न वा माफी माग्नुपर्ने माग गरेका छन्।
उनले नेपालले भारतको जग्गा मिचेको भन्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट प्रमाणसहित पुष्टि गर्नुपर्ने बताए। उनले यस्तो संवेदनशील विषयमा सरकार जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै आवेगमा दिएको अभिव्यक्ति भए सार्वजनिक रूपमा माफी माग्नुपर्ने धारणा राखे। उनले भने,‘नेपालले भारतको जग्गा कहाँ मिचेको रहेछ रुत्यो कुरा उहाँले यहाँ आएर पुष्टि गर्नुपर्छ । सरकारलाई गल्ति गर्ने कुनै छुट हुँदैन् । त्यसैले उ सरकार हो । उहाँले यदी आवेगमा आएर त्यो कुरा राखेको हो भने तीन करोड जनताको अगाडि माफि माग्नुपर्छ ।’