आँबुखैरेनी।आँबुखैरेनी ब्याडमिन्टन संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। आँबुखैरेनी गाउँपालिका–५, लाब्दीस्थित छिम्केश्वरी रिसोर्टमा आँबुखैरेनी ब्याडमिन्टन संघका अध्यक्ष बालचन्द्र पन्तको सभापतित्व तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले संघको नयाँ कार्यसमिति निर्विरोध तथा सर्वसम्मत रूपमा चयन गरेको हो ।
अधिवेशनबाट दिपक गुरुङ अध्यक्षमा, मथुराम श्रेष्ठ उपाध्यक्षमा, सुमन श्रेष्ठ सचिवमा, सुनिल गुरुङ कोषाध्यक्षमा तथा मिजेन्द्र मगर सह–कोषाध्यक्षमा चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा किरण थापा, अमृत लुम्ले मगर,आयमन गुरुङ र तुल बहादुर गुरुङ चयन हुनुभएको छ।
संघका सल्लाहकारहरूमा भगवान श्रेष्ठ, राम कृष्ण श्रेष्ठ तथा विनय श्रेष्ठ चयन हुनुभएको छ। संघले आगामी दिनमा आँबुखैरेनी क्षेत्रमा ब्याडमिन्टन खेलको विकास, खेलाडी उत्पादन तथा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।