Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

इच्छाकामना न्युज

२३, जेठ २०८३
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएका छन् । रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ । पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो ।

images

तदर्थ समिति बनेपनि गण्डकीका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अधिवेशन नगरिने भएको छ । ती जिल्लामा वडा र पालिकाको समेत अधिवेशन गरिएको थिएन । कुनै जिल्लामा ३० प्रतिशत पालिकाको अधिवेशन सकिए जिल्ला अधिवेशन गर्न सकिने गरी पार्टीले निर्णय लिएको थियो ।

आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ । प्रथम महाधिवेशनको मिति असार ७ देखि ९ गतेसम्म चितवनमा हुने समय निर्धारण गरिएको छ । यस्तै चितवन जिल्लाका सभापति कृष्ण भुसालका अनुसार जिल्लाको अधिवेशन भोली स्वाद सदन पार्टी प्यालेसमा हुने भएको छ ।

images
प्रकाशित मिति :जेठ २३, २०८३ शनिवार - १०:५९:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology