Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आमा–छोराको भावनात्मक कथामा बनेको ‘आई लभ यू मम’ सार्वजनिक

आमा–छोराको भावनात्मक कथामा बनेको ‘आई लभ यू मम’ सार्वजनिक

इच्छाकामना न्युज

३१, जेठ २०८३
आमा–छोराको भावनात्मक कथामा बनेको ‘आई लभ यू मम’ सार्वजनिक
चितवन । आमाप्रति समर्पित लघु चलचित्र ‘आई लभ यू मम’ युट्युबमार्फत सार्वजनिक भएको छ। म्याङ्गो प्लेजर प्रालिको ब्यानरमा निर्माण भएको उक्त लघु चलचित्र एक कार्यक्रमकाबीच युट्युबमा सारवजनिक गरिएको हो ।

देव आरएन अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको चलचित्रमा आफ्नो सन्तानप्रति आमाको मायाको कथालाई देखाईएको छ । रिहान मियाले निर्देशक गरेको चलचित्रमा देव आरएन, एन्जल श्रेष्ठ, आरजू अधिकारी तथा पुजन लामिछानेको अभिनय रहेको छ। चलचित्रमा कपिल मगरको सिनेमाटोग्राफी र सम्पादन रहेको छ ।


चलचित्र सार्वजनिक कार्यक्रममा अभिनेता देव आरएनले सन्तानप्रति आमाको निस्वार्थ प्रेम, त्याग र समर्पणको कथालाई पर्दाको माध्यममा देखाउने खोजिएको बताए । उनले चलचित्रको कथा हरेक आमा र सन्तानसँग मेल खाने भन्दै सबैको मन जित्ने विश्वास व्यक्त गरे ।

निर्देशक मियाले पनि दर्शकको माया पाउने विश्वास व्यक्त गरे । चलचित्र सार्वजनिक कार्यक्रम उपस्थित अतिथिहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । कलाकारको अभिनयदेखि कथा र प्रस्तुतिको सबैले प्रशंसा गरेका थिए । 
 

images
प्रकाशित मिति :जेठ ३१, २०८३ आइतवार - १४:०३:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology