Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

रास्वपाप्रति मुकुलको गुनासो : ‘फ…’ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा म निम्तोसूचीमा समेत परिनँ

रास्वपाप्रति मुकुलको गुनासो : ‘फ…’ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा म निम्तोसूचीमा समेत परिनँ

इच्छाकामना न्युज

७, आषाढ २०८३
रास्वपाप्रति मुकुलको गुनासो : ‘फ…’ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा म निम्तोसूचीमा समेत परिनँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा आफूले निम्तो पत्रसमेत नपाएको भन्दै गुनासो गरेका छन् । सामाजिक सञ्जालमा स्टटास लेख्दै उनले आफ्नो असन्तुष्टि पोखेका हुन् ।

images

आजबाट चितवनमा सुरु भएको महाधिवेशनका सन्दर्भमा ढकालले पार्टी स्थापनाका कठिन दिनहरूको स्मरण गरेका छन् । ५०० वटा नागरिकता जुटाउन समेत संघर्ष गर्नुपरेको समयदेखि आज पार्टी दुई तिहाइ जनमतसहित सरकारमा पुग्दासम्मको यात्रालाई उनले ‘मानसपटलमा जीवन्त रहने इतिहास’ भनेका छन्।

पार्टी स्थापना गर्ने व्यक्ति नै ऐतिहासिक महाधिवेशनको निम्तो सूचीमा नपर्नु विडम्बनापूर्ण रहेको उनको टिप्पणी छ ।उनले लेखेका छन्, ‘विडम्बना, पार्टीलाई ‘फ…’ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।’

पार्टीविरोधि गतिविधिको आरोपमा रास्वपाबाट निकालिएका ढकालले आफ्नो भौतिक उपस्थिति नभए पनि आफ्ना विचार र सिद्धान्तले स्थान ओगट्ने कुरा महत्त्वपूर्ण हुने बताएका छन् । आफू चितवनमा नभए पनि महाधिवेशनले लिने सही कार्यदिशामा आफ्नो समर्थन रहने उनक भनाइ छ ।

महाधिवेशनमा सहभागी ४ हजार प्रतिनिधिहरूलाई सम्बोधन गर्दै डा. ढकालले पार्टीलाई व्यक्ति र पदको वरिपरि मात्र नघुमाउन आग्रह गरेका छन्। उनले ‘राजव्यक्ति’ (व्यक्ति पूजा वा पदको राजनीति) भन्दा माथि उठेर ‘राजनीति’ (नीति र सिद्धान्तको बहस) गर्न अपिल गरेका छन् ।

‘यो महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयनको कार्यक्रममा सीमित हुने छैन भन्ने आशा गर्दछु’, उनले भनेका छन्, ‘व्यक्तिभन्दा विचारलाई, गुटभन्दा संस्थालाई, र पदभन्दा उद्देश्यलाई माथि राखेर निर्णय गर्नुहोस् ।’

images
प्रकाशित मिति :आषाढ ७, २०८३ आइतवार - १५:०२:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology