Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बालेनको प्रतिक्रिया :सीमाबारे प्रमाण छ,राष्ट्रियतामाथि शंका नगर्नुस्

बालेनको प्रतिक्रिया :सीमाबारे प्रमाण छ,राष्ट्रियतामाथि शंका नगर्नुस्

इच्छाकामना न्युज

७, आषाढ २०८३
बालेनको प्रतिक्रिया :सीमाबारे प्रमाण छ,राष्ट्रियतामाथि शंका नगर्नुस्

चितवन। प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र(बालेन) शाहले सीमा विवादका विषयमा नेपालसँग प्रमाण रहेको दाबी गर्दै राष्ट्रियताप्रति कुनैपनि प्रकारको आशंका नगर्न आग्रह गरेका छन् ।

images

आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले सीमा सम्बन्धी विषय संवेदनशील भएकाले विभिन्न देशसँग छलफल गर्दा आपत्ति आउने भएपनि त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका नगर्न आग्रह गरे ।

उनले थप स्पष्ट पार्दै ब्रिटिस शासनकालका ऐतिहासिक दस्तावेजहरू अध्ययन गरेर प्रमाण प्रस्तुत गर्ने कुरा आफूहरूले भनेको बताउँदै ब्रिटिशलाई मध्यस्थकर्ता बनाउन खोजेको भन्ने गलत आरोप रहेको बताए । उनले भने,‘सीमाको विषयमा पनि चिन्ता लिनुपर्दैन । सीमाको विषयमा बोल्दा जुनसुकै देशसँग कुरा गर्दा उहाँहरुले पनि आपत्ति जनाउनुहुन्छ । उहाँले आपत्ति जनाउनुभयो मलाई अचम्म लाग्यो । हामीसँग त प्रमाण छ । कालापानी लिपुलेकको प्रमाण छ ।
 
त्यो प्रमाण लिनको लागि पहिले ब्रिटिशको पालाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । ब्रिटिसलाई मध्यस्तकर्ता राख्न खोजेका हैनौं । छिमेकीसँग कुरा गरेर मिलाउँछौं । मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै उनले व्यक्तिगत समूह निर्माणभन्दा जनताको विश्वास जित्नु नै मुख्य आधार हुने बताए। उनले भने, ‘राम्रो नेता बन्न जनताको आस्था र माया जित्नुपर्छ । कुनै समूह बनाएर मात्र हुँदैन ।’उनले यो चुनावमा गरेको बाचाहरु यही ५ वर्षमा पूरा गर्ने प्रतिबद्धता जनाउँदै अर्को चुनावमा नयाँ एजेण्डा बोकेर जाने बताए ।

images
प्रकाशित मिति :आषाढ ७, २०८३ आइतवार - १८:२१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology