Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मुग्लिन नारायणगढ सडकमा ४ वटा पुलको निर्माण सकियो, १५ वटा नयाँ पुल बन्दै

मुग्लिन नारायणगढ सडकमा ४ वटा पुलको निर्माण सकियो, १५ वटा नयाँ पुल बन्दै

images

इच्छाकामना न्युज

२, चैत्र २०७७
मुग्लिन नारायणगढ सडकमा ४ वटा पुलको निर्माण सकियो, १५ वटा नयाँ पुल बन्दै
images

चितवन, २ चैत । उच्च स्तरीय सडक निर्माणपछि मुग्लिन नारायाणगढ सडक खण्डमा १५ वटा नयाँ पुन निर्माणकार्य सुरु भएको छ । दुइ वर्ष अगाडि मात्र सडक चौडा पारिएको थियो । सडक फराकिलो हुने तर पुल भने पुरानै अवस्थामा हुँदा सवारी साधनको जाम नहटेपछि दुई वटा प्याकेजमा १५ वटा पुल निर्माणकार्य सुरु भएको हो ।

पहिलो प्याकेजमा मुग्लिङदेखि सिमलतालसम्म सातवटा र दोस्रो प्याकेजमा सिमलतालदेखि जुगेडीसम्म आठवटा पुल निर्माण शुरु भएको मुग्लिन नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी सबिना रानाभाटले जानकारी दिनुभयो । दोस्रो प्याकेजका आठवटै पुलको डिजाइन स्वीकृत भइसकेको छ । आठवटामध्ये छवटा पुलको निर्माण काम सुरू भइसकेको रानाभाटले बताउनुभयो ।

‘‘पहिलो प्याकेजका धेरै पुलहरुको डिजाइन स्वीकृत हुन बाँकी छ’, उहाले भन्नुभयो, ‘यी पुलहरु ठेक्का परिसकेपछि कन्ट्याक्टर आफैँले डिजाइन गर्छ, विभागबाट स्वीकृत भएपछि मात्रै कन्ट्याक्टरले काम सुरू गर्छ ।’ पहिलो प्याकेजअन्तर्गतका पुलहरुको डिजाइन स्वीकृत हुने क्रममा रहेको उहाले बताउनुभयो । पुरानो तरिका अनुसार पहिला डिजाइन बनाएर ठेक्का व्यवस्थापन गर्दा धेरै समय लाग्ने गरेको उहाँको भनाइ छ । पहिलो प्याकेजका पुल निर्माण गर्न करिब ६८ करोड रूपैयाँ र दोस्रो प्याकेजका पुल निर्माण गर्न ५९ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

दुईवटै प्याकेजका पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सन काठमाडौँले पाएको हो । पुलहरु निर्माण गर्न ठेकेदार कम्पनीसँग २०७६ चैत १० गते सम्झौता भएको हो । ‘सम्झौता भइसकेपछि लकडाउन सुरू भयो’, उहाले भन्नुभयो, ‘२०७७ असारसम्म त उहाहरुले सर्वे गर्न पनि पाउनुभएन । अहिलेचाहिँ काम धमाधम भएको छ ।’

नारायणगढ-मुग्लिन सडकमा पुराना पुलहरुको चौडाइ ६ देखि ७ मिटरमात्रै छ । अब बन्ने पुलहरुको चौडाइ ९ देखि ११ मिटरसम्म हुने रानाभाटले भन्नुभयो । ‘दोस्रो प्याकेजका लगभग सबै पुलको चौडाइ ११ मिटर हुन्छ । पहिलो प्याकेजको चाहिँ ठाउँ हेरेर कुनै पुलको नौ मिटर पनि हुनसक्छ ’ । यसअघिको ठेक्कामार्फत नारायणगढ–मुग्लिङ सडकमा पर्ने चारवटा पुल निर्माण भएका छन् । खानीखोला, दासढुङ्गा र मौरीखोला पुल निर्माण सम्पन्न भइसकेका छन् । जलविरेको पुल अन्तिम चरणमा छ ।

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - २२:३५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology