Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

इच्छाकामनाको घुर्केशमा तमू प्ये ल्हु संघ चितवनको इकाइ समिती गठन

इच्छाकामनाको घुर्केशमा तमू प्ये ल्हु संघ चितवनको इकाइ समिती गठन

images

इच्छाकामना न्युज

१५, आषाढ २०८३
इच्छाकामनाको घुर्केशमा तमू प्ये ल्हु संघ चितवनको इकाइ समिती गठन
images

घुर्केश । तमू प्ये ल्हु संघ चितवनले इच्छाकामनाको वडा नं-२ मा पनि इकाइ समिति गठन गरेको छ । शनिबार संघको जिल्ला समितिको टोलीले घुर्केश पुगेर इकाइ समिति गठन गरेको हो । जिल्ला अध्यक्ष विक्रम च्हम्रु तमूका अनुसार कुमार गुरूङको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

6dc9c653-52be-4d0c-9885-8bb38377fc6a.jfif

समितिको उपाध्यक्षमा माया गुरूङ, सचिवमा विशाल गुरूङ र कोषाध्यक्षमा सानुमाया गुरूङ चयन भएका छन् । समितिको सदस्यहरुमा लक्ष्मण गुरूङ, विशु गुरूङ, संगीत गुरूङ, सानुमाया गुरूङ, हिमाल गुरूङ, यमकुमारी गुरूङ र वसन्त गुरूङ चयन भएका छन् ।

3ee10b67-c349-4c27-8077-02c0a21cbcb0.jfif

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष सागर कुमालको उपस्थितिमा गठित समितिलाई शनिबार नै पद तथा गोपनीयताको सपथग्रहण गराएर जिम्मेवारी सुम्पिएको छ । चितवन जिल्लाको दूरदराजमा रहेका गुरूङ समुदायलाई आफ्नो जातिको संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान दिने उद्देश्यका साथ इकाइ समिति गठन गरेको प्ये ल्हु संघ चितवनले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०८३ सोमवार - १७:०२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology