Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

इच्छाकामनामा ७८ चेपाङ परिवारलाई प्रजननयोग्य पाठी वितरण

इच्छाकामनामा ७८ चेपाङ परिवारलाई प्रजननयोग्य पाठी वितरण

images

इच्छाकामना न्युज

१६, आषाढ २०८३
इच्छाकामनामा ७८ चेपाङ परिवारलाई प्रजननयोग्य पाठी वितरण
images
 
इच्छाकामना। गरिबी निवारण तथा चेपाङ समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यले इच्छाकामना गाउँपालिकाले जीविकोपार्जन कार्यक्रमअन्तर्गत वडा नं. १ का तिपाङ, जैथली र गारोघरे क्षेत्रका तीन कृषि समूहमा आबद्ध ७८ घरपरिवारलाई प्रजननयोग्य पाठी वितरण गरेको छ।
732477283_122156872646988564_4511822549596357545_n.jpg
 
गाउँपालिकाका अनुसार बाख्रापालनलाई आयआर्जनको भरपर्दो माध्यम बनाउँदै चेपाङ समुदायको आर्थिक अवस्था सुधार गर्ने लक्ष्यसहित पाठी वितरण गरिएको हो। यस कार्यक्रमबाट स्थानीय परिवारलाई दिगो आम्दानीको आधार तयार गर्न सहयोग पुग्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।

images
प्रकाशित मिति :आषाढ १६, २०८३ मंगलवार - ११:०८:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology