Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

भोलिदेखि चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

भोलिदेखि चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

images

इच्छाकामना न्युज

१६, आषाढ २०८३
भोलिदेखि चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द
images

चितवन।चितवन राष्ट्रिय निकुञ्ज भित्र हुने जीप सफारी बन्द भोलि (बुधबार)देखि बन्द हुने भएको छ । निकुञ्जले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि जीप सफारी बन्द गरिएको जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पाईने अधिकांश वन्यजन्तु तथा चराचुरुङ्गीहरुको प्रजनन्‌का लागि वर्षायाम उपयुक्त समय भएको साथै यस अवधिमा निकुञ्ज भित्रका कच्ची वनपथहरु बिग्रीने, जंगलमा भएका स–साना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अबरुद्ध हुने जस्ता कारणले गर्दा पर्यटकहरुलाई असहजता सृजना हुन सक्ने भएकाले समग्र वन्यजन्तु संरक्षण, वासस्थानको पुनरुत्थान र पर्यटकहरुको सुरक्षालाई मध्यनजर गर्दै केही समयका लागि बन्द गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ १६, २०८३ मंगलवार - १७:१४:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology