Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

इच्छाकामनाका दुई रिसोर्टलाई ‘अति उत्तम’ खाद्य स्वच्छता स्तर

इच्छाकामनाका दुई रिसोर्टलाई ‘अति उत्तम’ खाद्य स्वच्छता स्तर

इच्छाकामना न्युज

१७, आषाढ २०८३
इच्छाकामनाका दुई रिसोर्टलाई ‘अति उत्तम’ खाद्य स्वच्छता स्तर
images

इच्छाकामना । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाडौंले इच्छाकामना गाउँपालिकामा सञ्चालित विभिन्न होटल तथा रेस्टुरेन्टहरूको आकस्मिक खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन गरेको छ। उक्त अनुगमनमा सिद्धार्थ रिभरसाइड रिसोर्ट  र रिभरसाइड स्प्रिंग रिसोर्टले सर्वोत्कृष्ट अंक प्राप्त गर्दै ‘अति उत्तम’ खाद्य स्वच्छता स्तर कायम गर्न सफल भएका छन्।

images
images


उच्च अंक प्राप्त गर्ने रिभरसाइड स्प्रिङ रिसोर्ट विगत २५ वर्षभन्दा लामो समयदेखि आतिथ्य सेवा प्रदान गर्दै आएको स्थापित रिसोर्ट हो। त्यस्तै, सिद्धार्थ रिभरसाइड रिसोर्ट नेपालकै अग्रणी आतिथ्य समूह सिद्धार्थ हस्पिटालिटी  अन्तर्गत सञ्चालित रिसोर्ट हो।

सिद्धार्थ रिभरसाइड रिसोर्टका प्रबन्धक  किरण रिमाल का अनुसार रिसोर्टले लगातार पांच वर्षदेखि खाद्य स्वच्छता मापदण्डमा उच्च अंक प्राप्त गर्दै  ‘अति उत्तम’  स्तर कायम राख्न सफल भएको छ। उनका अनुसार रिसोर्टले खाद्य सुरक्षा र स्वच्छतालाई प्राथमिकतामा राख्दै कर्मचारीहरूलाई नियमित रूपमा खाद्य स्वच्छता, खाद्य सुरक्षा तथा सेवा गुणस्तरसम्बन्धी विभिन्न तालिमहरू प्रदान गर्दै आएको छ।

प्रबन्धक रिमालले निकट भविष्यमा सिद्धार्थ रिभरसाइड रिसोर्टलाई सेवा, सुविधा र पूर्वाधार थप स्तरोन्नति गर्दै  हाइवे क्षेत्रकै उत्कृष्ट चारतारे (४–Star) रिसोर्ट का रूपमा स्तरोन्नति गर्ने तयारी भइरहेको जानकारी दिए। खाद्य स्वच्छता तथा गुणस्तरमा प्राप्त यस उपलब्धिले इच्छाकामना गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। साथै, यसले होटल तथा रेस्टुरेन्ट व्यवसायलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :आषाढ १७, २०८३ बुधवार - १३:१७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology