Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी : पाँच जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी : पाँच जना पक्राउ

images

इच्छाकामना न्युज

१७, आषाढ २०८३
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी : पाँच जना पक्राउ
images

काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोकका ४२ वर्षीय वाङ्दी लामा, भक्तपुर मध्यपुर थिमी बस्ने रामेछापका ३८ वर्षीय ललित बहादुर तामाङ, काठमाडौँ महानगरपालिका-१६ बस्ने धादिङकी ३४ वर्षीया सन्तोषी लामा, चन्द्रागिरीका ४१ वर्षीय रामदास महर्जन र काठमाडौँ महानगरपालिका-१५ का २९ वर्षीय सरिब गिरी रहेका छन् 
पक्राउ परेकाहरूमध्ये वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रुपैयाँ, ललित बहादुरले कोसोभो पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ र सन्तोषीले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
 
यस्तै रामदासले युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ४५ लाख रुपैयाँ र सरिबले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
पीडितहरूको सोही उजुरीका आधारमा प्रहरीले वाङ्दीलाई काठमाडौँ महानगरपालिका-४ बाट आइतबार, ललित बहादुरलाई काठमाडौँ-१२ र सन्तोषीलाई काठमाडौँ-१५ बाट शनिबार पक्राउ गरेको हो । यसैगरी रामदासलाई काठमाडौँ-१४ बाट शुक्रबार र सरिबलाई काठमाडौँ-१५ बाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 
पक्राउ परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
 

images
प्रकाशित मिति :आषाढ १७, २०८३ बुधवार - १३:४६:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology