Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सदनमा आफूले उठाएका विषयमा सरकार गम्भिर नभएको भन्दै विपक्षी दलको विरोध

सदनमा आफूले उठाएका विषयमा सरकार गम्भिर नभएको भन्दै विपक्षी दलको विरोध

इच्छाकामना न्युज

१८, आषाढ २०८३
सदनमा आफूले उठाएका विषयमा सरकार गम्भिर नभएको भन्दै विपक्षी दलको विरोध

काठमाडौँ । आफुहरुले सदनमा निरन्तर उठाएका विषयमा सरकार गम्भिर नभएको भन्दै विपक्षी दलले प्रतिनिधिसभामा विरोध जनाएका छन् । 

images

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरुले आफुहरुले यसअघि उठाएका सीमा लगाएतका अन्य विषयमा सरकारले कुनै चासो नदिएको भन्दै उठेर विरोध जनाएका हुन् । विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेस सांसद खडक वहादुर बुढालाई बोल्न समय दिएका थिए । 

सांसद बुढाले सरकारले कानुनी राज्य र सुशासनको धज्जी उडाएको आरोप लगाए । राहदानी छपाइ खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको कुरा बाहिर आएको भन्दै उनले यसको निश्पक्ष र कानुनसम्मत छानबिन हुनुपर्ने माग गरे । 

उनले पहिलेको सम्झौता खारेज गरेर पुरानै कम्पनीलाई बढी मूल्यमा काम दिनका लागि चलखेल भइरहेको समेत आरोप लगाए । संविधानले अख्तियारलाई शक्तिशाली र स्वतन्त्र संवैधानिक निकायको रूपमा परिकल्पना गरेको भन्दै यसमाथि प्रधानमन्त्री कार्यालयको हस्तक्षेप भए निष्पक्ष छानबिन नहुने उल्लेख गरे । त्यस्तै अन्य विपक्षी सांसदहरुले पनि आफुहरुले उठाएका विषयमा सरकार गम्भीर नभएको बताएका थिए । 

images
प्रकाशित मिति :आषाढ १८, २०८३ बिहिवार - १४:२७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology