Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

शिक्षासँगै संस्कृति संरक्षणमा जोड,तमु साँस्कृतिक प्रतिष्ठानद्वारा १३ विद्यार्थीलाई छात्रवृत्ति वितरण

शिक्षासँगै संस्कृति संरक्षणमा जोड,तमु साँस्कृतिक प्रतिष्ठानद्वारा १३ विद्यार्थीलाई छात्रवृत्ति वितरण

images

इच्छाकामना न्युज

२०, आषाढ २०८३
शिक्षासँगै संस्कृति संरक्षणमा जोड,तमु साँस्कृतिक प्रतिष्ठानद्वारा १३ विद्यार्थीलाई छात्रवृत्ति वितरण
images

चितवन। तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम–२०८३ अन्तर्गत आज १३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छन्।

740581072_4418886755057088_4452510564916914147_n.jfif

तमू प्हे ल्हु सङ्घको व्यवस्थापनमा भरतपुर–१०, चौबिसकोठीस्थित शुभम् होटलमा शनिबार आयोजित कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत तमु समुदायका १३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। प्रतिष्ठानले विगत पाँच वर्षदेखि निरन्तर रूपमा छात्रवृत्ति वितरण गर्दै आएको तमू प्हे ल्हु सङ्घ चितवनका अध्यक्ष विक्रम चम्रु तमूले जानकारी दिनुभयो।

738068582_1564610785285453_1622034563857756883_n.jfif

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् चितवनका अध्यक्ष सागर कुमालले आफ्नो समुदायका जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति वितरण गर्नु अत्यन्त प्रशंसनीय कार्य भएको बताउनुभयो। उहाँले शिक्षा नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति भएकाले छात्रवृत्ति प्राप्त सबै विद्यार्थीलाई लगनशील भएर अध्ययन गर्न आग्रह गर्दै, ूतपाईंहरू नै देशको भविष्यका कर्णधार हुनुहुन्छ,भन्नुभयो। साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन शुभकामना व्यक्त गर्नुभयो।

736455214_1050898654188637_6127611820491966958_n.jfif

कार्यक्रमका विशिष्ट अतिथि जगतबहादुर गुरुङले ूधर्म हराए संस्कार हराउँछ, संस्कार हराए मान्छे नै हराउँछ भन्ने मूल नारालाई आत्मसात गर्दै भाषा, धर्म, संस्कृति र पहिचानको संरक्षणसँगै शिक्षाको विकासलाई समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। सङ्घका सल्लाहकार पञ्चबहादुर गुरुङले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई मोबाइलमा मात्र सीमित नराखी अध्ययन र असल संस्कारतर्फ पनि प्रेरित गर्न आग्रह गर्नुभयो। उहाँले शिक्षित, संस्कारी र जिम्मेवार पुस्ता निर्माणमा परिवारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

737422206_1042332174914292_6922730579822825052_n.jfif

कार्यक्रममा छात्रवृत्ति प्राप्त विद्यार्थीलाई बधाई दिँदै यस्ता कार्यक्रमले आर्थिक सहयोगका साथै विद्यार्थीमा थप उत्साह र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरे। सँघका सल्लाहकारहरू,युवा संघका अध्यक्षहरू लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।भने संघका सचिव कृष्ण तमुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियोे । कार्यक्रम संघका सचिव कृष्ण तमूले सञ्चालन गर्नु भएको थियोे ।

738180753_1727031035054099_6026808303999061953_n.jfif

images
प्रकाशित मिति :आषाढ २०, २०८३ शनिवार - १७:५४:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology