Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

इच्छाकामना न्युज

२४, आषाढ २०८३
चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट।रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन साहको मृत्यु भएको छ । औरैयास्थित ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा बस्दै आएका ईशनाथ नपा–१ बन्जरहाका ६० वर्षीय साहको मृत्यु भएको र टाउकोमा चोट लागेका वृद्ध ससुराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

images

चक्कु प्रहारबाट पिठ्युमा गम्भीर चोट लागेका साहलाई प्रादेशिक अस्पताल गौर पुर्याइएकामा चिकित्सकले मङ्गलबार राति मृत्युको घोषणा गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले चक्कु प्रहार गर्ने २६ वर्षीय राममहेश्वर साह र निजका बाबु ६३ वर्षीय रामाऔतार साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्थानीयका अनुसार जग्गाको स्वामित्वलाई लिएर लामो समयदेखि भएको विवादले उग्ररूप लिँदा लामो समयदेखि ससुराली घर बस्दै आएका साहको मृत्यु भएको हो ।

images
प्रकाशित मिति :आषाढ २४, २०८३ बुधवार - १२:३८:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology