Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कर्णालीलाई प्राङ्गारिक कृषि क्षेत्र भएको प्रदेश बनाईने 

कर्णालीलाई प्राङ्गारिक कृषि क्षेत्र भएको प्रदेश बनाईने 

सिआईएन

४, चैत्र २०७७
कर्णालीलाई प्राङ्गारिक कृषि क्षेत्र भएको प्रदेश बनाईने 

विनोद शर्मा, काठमाडौं, ४ चैत । नेपालको जम्मा खेती गरिएको जमिनको शुन्य दशमलव २ प्रतिशत अर्थात् ९ हजार ३ सय ६१ हेक्टर क्षेत्रफल मात्र मापदण्डका आधारमा प्राङ्गारिक कृषि क्षेत्र रहेको तथ्याङ्कले देखाउँछ । कर्णाली प्रदेशले भने १० देखि १५ वर्षभित्र प्रदेशलाई प्राङ्गारिक बनाउने लक्ष्य लिएको छ । त्यसका लागि आवश्यक पूर्वाधार बनाईदैछ ।

images

जुम्ला जिल्लालाई २०६५ सालमा चौधौं जिल्ला परिषदले प्राङ्गारिक जिल्लाको रुपमा घोषणा ग¥यो । त्यसयता किसानले फाट्टफुट्टबाहेक खेतबारीमा रासायनिक मल र विषादी प्रयोग गरेका छैनन् । तर प्राङ्गारिक खेती सम्बन्धी नीति नभएका कारण उत्पादित कृषि वस्तुको परीक्षण पनि हुन सकेको छैन । तातोपानी गाउँपालिका वडा नम्बर ४ का भीम उपाध्याय, सरकारी निकायबाट पर्याप्त अनुगमन समेत नभएको बताउनुहुन्छ ।

जुम्ला बाहेकका अरु जिल्लामा पनि प्राङ्गारिक उन्मुख खेती प्रणालीका विषयमा छलफल भईरहेको छ । कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद बैठकले कर्णालीलाई प्राङ्गारिक प्रदेश बनाउने दिर्घकालीन निर्णय गरेको थियो । उक्त निर्णय भएको डेढ वर्षपछि कर्णाली प्रदेश प्राङ्गारिक कृषि ऐन २०७६ लागु भएको छ । ६ वटा कार्यविधी र एउटा निर्देशिका लागु भइसकेको र नियमावलीको मस्यौदा तयार भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा राजेन्द्र प्रसाद मिश्रले जानकारी दिनुभयो ।

प्रदेश सरकारले प्राङ्गारिक प्रदेश सम्बन्धी गुरुयोजना बनाइरहेको छ । अर्को आर्थिक वर्षबाट प्राङ्गारिक परीक्षण प्रयोगशाला निर्माणको काम सुरु गर्ने मन्त्रालयको योजना छ । रैथाने बाली र प्राङ्गारिक उत्पादन विक्री वितरण गर्ने सहकारीलाई प्याकेजिङ तथा ब्राण्डिङमा पनि सरकारले सहयोग गर्छ । सुरुमा एक स्थानीय तहमा एउटा नमुना प्राङ्गारिक फर्म स्थापना गरिने छ । ऐन अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको अध्यक्षतामा प्राङ्गारिक कृषि निर्देशक समितिको गठन गरिएको छ ।

त्यस्तै कर्णाली प्रदेश प्राङ्गारिक कृषि अनुसन्धान तथा विकास केन्द्र स्थापना, प्राङ्गारिक कृषि निरीक्षकको व्यवस्था, प्राङ्गारिक प्रमाणीकरण इकाइ गठन गर्ने लगायतको व्यवस्था पनि ऐनमा छ । यसले कर्णालीलाई प्राङ्गारिक प्रदेश बनाउने सम्भावना बलियो बन्दै गएको छ । 

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - १०:११:४९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology