Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

इच्छाकामना–४ मा सुधारिएको दाउराको चुलो वितरण सुरु

इच्छाकामना–४ मा सुधारिएको दाउराको चुलो वितरण सुरु

इच्छाकामना न्युज

२६, आषाढ २०८३
इच्छाकामना–४ मा सुधारिएको दाउराको चुलो वितरण सुरु
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका–४ मा सुधारिएको दाउराको चुलो वितरण कार्य आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। वातावरण संरक्षण, स्वास्थ्य सुधार तथा दाउराको दक्ष उपयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

images
images

वडा कार्यालयका अनुसार यसअघि फारम भरेका तथा निवेदन दिएका लाभग्राहीलाई प्राथमिकताका आधारमा चुलो वितरण भइरहेको छ। सम्बन्धित लाभग्राहीलाई यथाशीघ्र वडा नं. ४ को कार्यालयमा सम्पर्क गरी आफ्नो नाममा आएको चुलो बुझिलिन अनुरोध गरिएको छ।

वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले सुधारिएको चुलोको प्रयोगले स्थानीय बासिन्दाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै दाउराको खपत घटाएर इन्धन बचत र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले लक्षित वर्गका सबै लाभग्राहीलाई समयमै चुलो बुझिलिन आग्रह गर्दै कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो।

स्थानीय तहले यस्ता कार्यक्रममार्फत ग्रामीण समुदायको जीवनस्तर सुधार, स्वच्छ ऊर्जा प्रवर्द्धन तथा वातावरणीय संरक्षणमा थप पहल गर्दै जाने जनाएको छ।

images
प्रकाशित मिति :आषाढ २६, २०८३ शुक्रवार - १२:२१:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology