काठमाडौं।नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ६०० रुपैयाँ बढेर दुई लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ४७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।