Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चलचित्र ‘आकाश वर्षा’को घोषणा

चलचित्र ‘आकाश वर्षा’को घोषणा

इच्छाकामना न्युज

३१, आषाढ २०८३
चलचित्र ‘आकाश वर्षा’को घोषणा

काठमाडौं । निर्माता जनक घर्ती मगरले चलचित्र ‘आकाश वर्षा’को घोषणा गरेका छन् । टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै जनकले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् ।

images

‘मितज्यू’ हलबाट उत्रिएको छोटो समयमै उनले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् । चलचित्रलाई सुदीप भजुले निर्देशन गर्नेछन् । जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने चलचित्रको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको देखिएको छ ।

बादल, वर्षा र पृष्ठभूमिमा पहाड देखिन्छ । यसले मान्छको जीवनका दुःख, सुख र संघर्ष समेट्ने संकेत गर्छ । विशेषगरी सिमसिम पानीले जिन्दगीको एक खुसीको पनि संकेत गर्छ । चलचित्रको कलाकार र प्राविधिक केही पनि जानकारी गराइएको छैन ।

पछिल्लो समय लभस्टोरी सिनेमा कमै मात्रै बनिरहेका बेला जनकले यो जनराको सिनेमा बनाउने भएका हुन् । उनले यसुअघि दुईवटा चलचित्र सोसल ड्रामा निर्माण गरेका थिए । निर्माता जनक स्वयंको परिकल्पना रहेको चलचित्रका लेखक अमीर मगर रहेका छन् । जनकले यसअघि ‘घरज्वाइँ’ र ‘मितज्यू’ चलचित्र निर्माण गरेका थिए । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने जिम्मेवारी लिएको छ ।

images
प्रकाशित मिति :आषाढ ३१, २०८३ बुधवार - १६:०८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology