चुम्लिङटार । चितवनको इच्छाकामना गाउँपालिका–३, चुम्लिङटारस्थित होटलमा रोकिएका यात्रु बसबाट पटक–पटक यात्रुका बहुमूल्य सामान चोरी गर्ने आरोपमा एक जनालाई स्थानीय होटल व्यवसायीको सहयोगमा पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ।
पछिल्लो समय DSLR क्यामेरा, ल्यापटप, म्याकबुक लगायतका महत्वपूर्ण सामान पटक–पटक चोरी हुन थालेपछि स्थानीय होटल व्यवसायीहरूले होटलमा जडान गरिएको CCTV क्यामेराको फुटेजमार्फत अभियुक्तको हुलिया पहिचान गरेका थिए। अनुसन्धानका क्रममा एउटै व्यक्तिले पटक–पटक चोरी गर्दै आएको खुलेको थियो।
आज पुनः उही हुलियाको व्यक्ति चुम्लिङटारस्थित साग्रीला होटलमा पुगेपछि स्थानीय होटल व्यवसायी अर्जुन श्रेष्ठ , पुरुषोत्तम पोखरेल , आशिष कार्कि लगायतले योजनै बनाइ उनिमाथि निगरानी बढाई संकास्पद गतिविधि गर्न थालेपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्।
केहि महिना अघि चुम्लिङटारकै रेन्वो होटलबाट DSLR CAMERA साथै एक महिना अघि मुस्कान होटलबाट ल्यापटप र करिब एक साताअघि मुस्कान होटलमा रोकिएको एउटा बसबाट ओर्लिएर एभरेस्ट होटलमा रोकिएको अर्को यात्रु बसबाट ल्यापटप र म्याकबुक चोरी भएको घटना पनि उनैले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका व्यक्तिले चोरी गरेका सामान काठमाडौं लगेर बिक्री गरिसकेको बताएका छन्।
पक्राउ परेका गोपाल राई पाख्रीवास नगरपालिका ६ धनकुटाका स्थायिबासिन्दा रहेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।