Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

images

इच्छाकामना न्युज

१०, श्रावण २०८३
खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु
images

सुदूरपश्चिम ।कैलालीको घोडाघोडी नगरपालिका–१ लोहारपुरमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । आज दिउँसो करिब १ः०० बजे स्थानीय डोडा नदीमा नुहाउन गएका चार जना बालकमध्ये नदीमा डुबेका स्थानीय १२ वर्षीय टेकेन्द्र बोहराको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो ।


बोहराका साथीहरुले घटनाबारे जानकारी गराएपछि निजकी आमा पुष्पा बोहरासहित स्थानीयवासीको सहयोगमा नदीबाट निकालिएका टेकेन्द्रलाई उपचारका लागि घोडाघोडी अस्पताल, सुखड लगिएको थियो । बोहराको उपचारकै क्रममा आज अपराह्न मृत्यु भएको प्रहरीले जनाएको  छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस

images
प्रकाशित मिति :श्रावण १०, २०८३ आइतवार - १६:३५:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology