Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध

सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध

रासस

१३, श्रावण २०८३
सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली। कर्णाली राजमार्गको कालीकोट जुम्ला सडकखण्डमा पर्ने सेराबाडामा आज सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

images
खाँडाचक्र नगरपालिका–८ कालीकोट सेराबाडास्थित माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन आवातजावत पूर्ण रुपले बन्द भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनुभयो ।
पहिरोसँगै झरेको ढुङगा सानो मेसिनले फुटाल्न नसक्ने भएपछि सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरेर ठूलो स्काभेटर माग गरिएको छ ।

रासससँग कुरा गर्दै प्रजिअ भट्टराईले भन्नुभयो, “सडक डिभिजन कार्यालय जुम्लाको कालीकोटको टिमुरे भिरमा राखिएको एक्साभेटर ल्याइँदैछ । हामी जतिसक्दो छिटो सडक खुलाउने काममा लागि रहेका छौँ ।” रासस

 
 

images
प्रकाशित मिति :श्रावण १३, २०८३ बुधवार - १६:२३:४३ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology