Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी वीरगञ्जबाट पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी वीरगञ्जबाट पक्राउ

रासस

१३, श्रावण २०८३
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी वीरगञ्जबाट पक्राउ

वीरगञ्ज (पर्सा)। ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय रामजन्मसिंह राजपुतलाई जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१८ बाट पक्राउ गरेको हो ।

images

राजपुतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो । राजपुत गत वैशाख ३१ गते वीरगञ्ज महानगरपालिका–२२ मनियारीका सुमनकुमार शर्मालाई कुटपिट गरेपछि फरार थिए । रासस

images
प्रकाशित मिति :श्रावण १३, २०८३ बुधवार - १७:४५:१९ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology