Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

फोनिजको २७ औँ स्थापना दिवसमा इच्छाकामना न्युजका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ सम्मानित

फोनिजको २७ औँ स्थापना दिवसमा इच्छाकामना न्युजका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ सम्मानित

करिश्मा गुरुङ

२२, श्रावण २०८३
फोनिजको २७ औँ स्थापना दिवसमा इच्छाकामना न्युजका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ सम्मानित

चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २७ औँ स्थापना दिवसका अवसरमा इच्छाकामना न्युजका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ सम्मानित भएका छन्।

images

764881364_969698012797823_3052163129714889080_n.jfif

फोनिज चितवनको संस्थागत विकास, सुदृढीकरण तथा सशक्त संगठन निर्माणका साथै आदिवासी जनजाति पत्रकारको उन्नयनमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै गुरुङलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको हो। सोही विधामा बिहानी मिडियाका अध्यक्ष आशिक राना मगर पनि सम्मानित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले फोनिज चितवनले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको भन्दै आयोजकलाई धन्यवाद दिए।

769113345_1048674137924296_3400730889025535734_n.jfif

उनले इच्छाकामना गाउँपालिकामा फोनिजका पत्रकारलगायत अन्य सञ्चारकर्मीले सूचना सम्प्रेषणमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले आदिवासी जनजातिको हकअधिकारका लागि आफू निरन्तर अघि बढिरहेको बताए। उनले आगामी विश्व आदिवासी दिवसलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न पत्रकारहरूलाई सहयोग गर्न आग्रह गरे।

768941446_1049229941368488_5751258238817464435_n.jfif

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीले आदिवासी जनजातिको हकअधिकारका विषयमा महासंघले लामो समयदेखि कलम चलाउँदै आएको बताए। उनले आगामी दिनमा पनि आदिवासी जनजातिका मुद्दामा महासंघको तर्फबाट सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा फोनिजकर्मी तथा अन्य सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

766736884_1766587451426965_2107506551693097185_n.jfif

images
प्रकाशित मिति :श्रावण २२, २०८३ शुक्रवार - १८:००:१० बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology