Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

चितवनमा लागूऔषधसहित पाँच जना पक्राउ

चितवनमा लागूऔषधसहित पाँच जना पक्राउ

images

इच्छाकामना न्युज

२४, श्रावण २०८३
चितवनमा लागूऔषधसहित पाँच जना पक्राउ
images

चितवन। चितवन प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी र भरतपुरका छुट्टाछुट्टै घटनामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा खैरहनी नगरपालिका–९ सुतर्नीबाट साउन १५ गते ३० वर्षीय सुरज चौधरी पक्राउ परेका छन् । उनको साथबाट ट्रामाडोल २५० पिस बरामद भएको प्रहरीले जनाएको छ । यस्तै, सोही ठाउँका २८ वर्षीय विशाल चौधरी र २६ वर्षीय सुभाष चौधरीलाई प्रहरीले साउन २२ गते पक्राउ गरेको हो । उनीहरूको साथबाट ट्रामाडोल ३४५ पिस र २५० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको छ ।
यत्ता भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कबाट पनि साउन २२ गते उदयपुरको मगरखोला घर बताउने ३२ वर्षीय दिनेश परियार पक्राउ परेका थिए । उनको साथबाट डाइजोपाम ३२ पिस, नुफिन ३२ पिस र फेनारगन ३२ पिस गरी ९६ पिस लागूऔषध, ना.६५ प १३३७ नम्बरको स्कुटर र ६५ हजार ७ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

सोही दिन भरतपुर महानगरपालिका–१५ बाट खैरहनी नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–२५ शुक्रनगर बस्ने २२ वर्षीय दिनेश लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनको साथबाट ट्रामाडोल ६० पिस बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०८३ आइतवार - १८:४१:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology