Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तमू सञ्चारकर्मी संघ चितवनद्वारा सञ्चारकर्मी घना गुरुङ पुरस्कृत

तमू सञ्चारकर्मी संघ चितवनद्वारा सञ्चारकर्मी घना गुरुङ पुरस्कृत

इच्छाकामना न्युज

१, भाद्र २०८३
तमू सञ्चारकर्मी संघ चितवनद्वारा सञ्चारकर्मी घना गुरुङ पुरस्कृत
images

चितवन । तमू गुरुङ सञ्चारकर्मी संघ नेपाल चितवनले सञ्चारकर्मी घना गुरुङलाई पुरस्कृत गरेको छ। नारायणी अनलाइनमा पत्रकारका रूपमा कार्यरत गुरुङले चितवनमा रहेर तमू समुदायको हकहित,भाषा,संस्कृति र पहिचानका विषयलाई सञ्चारमाध्यममार्फत उजागर गर्दै आएको योगदानको उच्च मूल्यांकन गर्दै पुरस्कृत गरिएको हो।

images
images

तमू सञ्चारकर्मी संघ चितवनको दोस्रो अधिवेशनका अवसरमा गुरुङलाई पुरस्कृत गरिएको हो। कार्यक्रममा गुरुङलाई प्रशंसापत्र र नगतसहित पुरस्कृत गरिएको थियो। एटजोन चितवनले यस वर्षदेखि आफ्नो अधिवेशनका अवसरमा कार्यसमितिभित्र रहेका सञ्चारकर्मीलाई पुरस्कृत गर्ने परम्पराको सुरुवात गरेको जनाएको छ। सञ्चारमाध्यममार्फत तमू समुदायका मुद्दालाई प्राथमिकताका साथ उठान गर्ने सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ।

इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश सामुदायिक होमस्टेमा आयोजित कार्यक्रम एटजोन नेपालका अध्यक्ष लाला गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता एटजोन चितवनका अध्यक्ष तुलमान गुरुङले गरेका थिए भने सञ्चालन सचिव राजनदिल गुरुङले गरेका थिए। तमू समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानसँग सम्बन्धित विषयलाई सञ्चारमाध्यममार्फत निरन्तर उठाउँदै आएका सञ्चारकर्मीलाई पुरस्कृत गर्ने कार्यले समुदायका मुद्दालाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

 

 

 

images
प्रकाशित मिति :भाद्र १, २०८३ सोमवार - २०:०३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology