Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या,आरोपी पक्राउ

सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या,आरोपी पक्राउ

इच्छाकामना न्युज

३, भाद्र २०८३
सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या,आरोपी पक्राउ
images

रौतहट । बाराको सिमरामा मृत अवस्थामा भेटिएकी ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

images
images

बालिकालाई चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ। मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र नाम, थर र वतन नखुलेको अवस्थामा बालिका मृत फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

अनुसन्धानबाट मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको थियाे। प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। ना.१.ज ७७५८ नम्बरको म्याजिकको सह चालक जितपुर सिमरा–२ बस्ने करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिएर फकाईफुल्याई घटनास्थलमा लगेको र त्यहाँ जबर्जस्ती करणी गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :भाद्र ३, २०८३ बुधवार - १४:११:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology