Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

कल्पु इलाइट ज्वेलर्समा गरगहना खरिदमा १० प्रतिशत छुट

कल्पु इलाइट ज्वेलर्समा गरगहना खरिदमा १० प्रतिशत छुट

इच्छाकामना न्युज

३, भाद्र २०८३
कल्पु इलाइट ज्वेलर्समा गरगहना खरिदमा १० प्रतिशत छुट
images

नारायणगढ। नारायणगढको बिग बजारस्थित उदय मार्केटमा ‘कल्पु इलाइट ज्वेलर्स’ सञ्चालनमा आएको छ। विगत चार वर्षदेखि कल्पु कलेक्सन सञ्चालन गर्दै आएकी सञ्चालक कल्पना पौडेल खड्काले ग्राहकहरूको बढ्दो माग र रोजाइलाई ध्यानमा राख्दै नयाँ ज्वेलर्स सञ्चालनमा ल्याएकी हुन्।

images
images

ज्वेलर्सको एक औपचारिक कार्यक्रमका बीच आज भब्य उद्घाटन गरिएको हो। उक्त उद्घाटन समारोहमा चर्चित टिकटक प्रयोगकर्ता (टिकटकर)हरूका साथै ठूलो संख्यामा ग्राहक तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो। विशेष गरी महिला ग्राहकहरूको चाहना र मागलाई मध्यनजर गर्दै कृत्रिम (आर्टिफिसियल) गरगहनाको बिक्री वितरणका लागि ज्वेलर्स सञ्चालन गरिएको सञ्चालक खड्काले बताइन्।

हाल बजारमा सुनको मूल्य अत्यधिक बढेकाले सर्वसाधारण तथा महिलाहरूका लागि सुनजस्तै देखिने आकर्षक पहेँलो रङका आधुनिक गरगहनाहरू उपलब्ध गराइएको छ। ज्वेलर्समा तिलहरी, पोते, टप, हार, चुरा लगायत महिलाहरूलाई चाहिने सम्पूर्ण श्रृंगारका सामान तथा गरगहनाहरू सुलभ मूल्यमा उपलब्ध छन्। यसका साथै कल्पु कलेक्सन अन्तर्गत पार्टीवेयर साडी, कुर्ता सुरुवाल लगायतका फेन्सी कपडाहरू पनि एकै स्थानमा पाइने सञ्चालक खड्काले जानकारी दिइन्।

चितवन आसपासका ग्राहकका अलावा देश–विदेशमा रहेका महिलाहरूलाई लक्षित गर्दै अनलाइन तथा डेलिभरीको समेत व्यवस्था गरिएको छ। नयाँ शोरुम सञ्चालनको अवसरमा भदौ ३ गतेदेखि १० गतेसम्मका लागि सम्पूर्ण गरगहना खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था समेत गरिएको छ।

 
 

images
प्रकाशित मिति :भाद्र ३, २०८३ बुधवार - १६:४४:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology