Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

बाढीप्रभावित क्षेत्रको पुनर्निर्माणमा युएनओपिएसले सहयोग गर्ने

बाढीप्रभावित क्षेत्रको पुनर्निर्माणमा युएनओपिएसले सहयोग गर्ने

images

इच्छाकामना न्युज

२५, भाद्र २०८३
बाढीप्रभावित क्षेत्रको पुनर्निर्माणमा युएनओपिएसले सहयोग गर्ने
images

काठमाडौँ ।रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासमा संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय (युएनओपिएस)ले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र युएनओपिएसका एसिया तथा प्रशान्तका निर्देशक सारा नेट्जरबीच आज मन्त्रालयमा भएको भेटवार्तामा रसुवामा बाढीपछिको एकीकृत पुनर्निर्माण तथा पूर्वाधार विकासका विषयमा छलफल भएको हो । भटमा मन्त्री लम्सालले भदौ १० गतेको बाढीबाट पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिँदै क्षतिग्रस्त संरचनाको पुनःस्थापना तथा पुनर्निर्माणका लागि मन्त्रालयसहित सरकारका सम्पूर्ण संयन्त्र अहोरात्र परिचालित रहेको बताउनुभयो ।

मन्त्री लम्सालले जलवायु परिवर्तनका असरलाई केन्द्रमा राखेर विकास निर्माणका योजना अघि बढाइरहेको उल्लेख गर्दै क्षतिग्रस्त त्रिशूलीलगायतका क्षेत्रमा एकीकृत विकास योजनाअन्तर्गत खानेपानी, अस्थायी आवास तथा अन्य अत्यावश्यक पूर्वाधार निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो ।

युएनओपिएसकी क्षेत्रीय निर्देशक नेट्जरले नेपालको दीर्घकालीन तथा एकीकृत विकासका लागि संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले युएनओपिएसको अन्तरराष्ट्रिय अनुभव तथा प्राविधिक विशेषज्ञतालाई नेपालको पुनर्निर्माण योजनासँग जोड्दै दिगो विकासका लागि उपलब्ध वैदेशिक सहायता एकीकृत रूपमा परिचालन गर्न प्राविधिक तथा आर्थिक सहयोग गर्ने बताउनुभयो ।

निर्देशक नेट्जरले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने खानेपानी, भवन, पुललगायतका पूर्वाधार निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउन युएनओपिएस तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । छलफलमा युएनओपिएसका नेपाल प्रतिनिधि अलेक्जान्ड्रा राडेटिक, दक्षिण एसिया बहुद्देश्यीय निर्देशक चाल्र्स क्यालन, वरिष्ठ पूर्वाधार सल्लाहकार रिको वालेन्टालगायत उच्च अधिकारीहरूको सहभागिता थियो ।

यसअघि युएनओपिएसको उच्चस्तरीय प्राविधिक टोली भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । रासस

 
 

images
प्रकाशित मिति :भाद्र २५, २०८३ बिहिवार - १७:०४:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology