Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा इच्छाकामना न्युजका संचालक चित्र सोल्टी गुरुङ निर्वाचित

तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा इच्छाकामना न्युजका संचालक चित्र सोल्टी गुरुङ निर्वाचित

इच्छाकामना न्युज

३, आश्विन २०८३
तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा इच्छाकामना न्युजका संचालक चित्र सोल्टी गुरुङ निर्वाचित
images

कास्की । विभिन्न सञ्चारमाध्यममा कार्यरत गुरुङ समुदायका पत्रकारहरुको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा इच्छाकामना न्युजका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ निर्वाचित भएका छन् । कास्किको पर्यटकीय गाउँ सिक्लेसमा शनिबार सम्पन्न संघको छैटौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा गुरुङलाई निर्वाचित गरेको हो ।

images
images

FB_IMG_1789839488868.jpg

अधिवेशनले संघको उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा केशब गुरुङ, सचिवमा दान बहादुर गुरुङ र कोषाध्यक्षमा रत्ना गुरुङलाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरुमा बिबर गुरुङ, किरण गुरुङ, राम बहादुर गुरुङ र बेद बहादुर गुरुङ (विवेक) लाई निर्वाचित गरेको छ ।

images
प्रकाशित मिति :आश्विन ३, २०८३ शनिवार - २३:१६:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology