Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गुडिरहेको बसमा आगलागी : चालक लामाको उपचार हुँदै

गुडिरहेको बसमा आगलागी : चालक लामाको उपचार हुँदै

इच्छाकामना न्युज

५, आश्विन २०८३
गुडिरहेको बसमा आगलागी : चालक लामाको उपचार हुँदै
images

काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसीद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । सोमबार दिउँसो साढे १२ बजेतिर भक्तपुरबाट थानकोट जाने क्रममा बसमा आगलागी भएको हो ।

images
images
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन् । उनलाइ उपचारका लागि बर्न अस्पताल लगिएको सुवेदीले बताए । यसैगरी गाडीमा आगो लाग्नुको कारण खोजी भइरहेको एसपी सुवेदीले बताए ।
साथै एक प्रत्यक्षदर्शीका अनुसार बस आगलागी भएको देखिएपनि कारण खुल्न सकेको छैन् । कसरी आगलागी भयो भन्नेबारे थाहा नभएको ति प्रत्यक्षदर्शीले  बताए । ड्राइभरको सिट नजिकैबाट आगलागी भएको देखिएको उनले बताए । आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरणसमेत आउन बाँकी रहेको छ ।

images
प्रकाशित मिति :आश्विन ५, २०८३ सोमवार - १३:४८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology