Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ  

सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ  

इच्छाकामना न्युज

५, आश्विन २०८३
सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ  
images

भरतपुर । विश्व सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ गरिएको छ । ग्रीनल्याण्ड पब्लिक स्कुलले आइतबार विभिन्न संघ संस्थासँगको सहकार्यमा चौबिसकोठी क्षेत्रमा सरसफाइ गरेको हो ।

 कार्यक्रममा स्कुलकी प्राचार्य इन्दिरा कार्की, चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेल, बेटर चितवन, यात्रा ग्रुप, लियो क्लब अफ भरतपुर, स्कुलका शिक्षक तथा विद्यार्थीहरु गरी दुई सय भन्दा बढी सहभागी थिए । सहभागीहरुले ३० बोरा भन्दा बढी फोहोर संकलन गरी व्यवस्थापना गरेका छन् ।

सो क्रममा चितवनका प्रहरी प्रमुख पौडेलले वातावरण संरक्षण सबैको साझा दायित्व भएको बताए । उनले विद्यार्थीहरुलाई सानै उमेरदेखि वातावरण र व्यक्तिगत सरसफाइको महत्त्व सिकाउन आवश्यक रहेको पनि बताए । प्राचार्य कार्कीले स्कुलले विद्यार्थीहरुलाई वातावरण, यसको महत्त्व र संरक्षणसँग जोड्ने गरेको बताईन् । उनले स्कुलले वातावरण संरक्षणका यस्ता कार्यक्रमलाई सधैं महत्त्व दिने गरेको पनि बताईन् ।  

कार्यक्रममा लेट्स डु इटका कन्ट्री लिडर मिलन न्यौपानेले विश्वव्यापी सरसफाइ अभियानको औचित्य तथा अवधारणामाथि प्रकाश परेका थिए । त्यस्तै अभियन्ता अर्जुन भुसालले स्वच्छ वातावरण निर्माणमा हरेक नागरिकको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै सबैलाई अभियानमा जुट्न आग्रह गरे । 

images
images

images
प्रकाशित मिति :आश्विन ५, २०८३ सोमवार - १५:३०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology