काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेस संसदीय दलका नेता र पार्टी उपसभापतिले आज भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा संसदीय दलको नेता भीष्मराज आङ्देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्मा उपस्थित हुनुहुन्थ्यो ।