काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले दसैँको समयमा नागरिकहरु देशका विभिन्न भूभागबाट आ–आफ्ना घर जानुपर्ने भएकाले उनीहरुका लागि सार्वजनिक यातायातको राम्रो प्रबन्ध गर्न सरकारसँग माग गर्नुभएको छ ।
सचेतक परियारले भन्नुभयो, “पहिले त टिकट पाउनै महाभारत, अनि भेडाबाख्राझैँ कोचिएर यात्रा गर्नुपर्ने बाध्यता । एकातिर बाटोका खाल्डाखुल्डीले थिलथिलो बनाउँछ भने अर्कोतिर मनपरी भाडाले नागरिक प्रताडित छन् ।” देशभरका मुख्य राजमार्गमा रहेका खाल्डाखुल्डी तत्काल पुरेर यातायात सहज बनाउने काममा अहिलेदेखि नै लाग्न र टिकट बुकिङ्लाई पनि व्यवस्थति गर्न सचेतक परियारले आग्रह गर्नुभयो । रासस